बिहीबार, भदौ ४, २०८३

बागलुङ पहिरोका मृतकको संख्या ११ पुग्यो

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० आरुपाटामा मंगलबार खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। पहिरोमा बेपत्ता भएका २ बालबालिकाको शव घटनास्थलबाट बिहीबार निकालिएसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

आज मध्याह्न १२ बजेतिर ७ वर्षीय मधु बुढाको शव र अपराह्न पौने ५ बजे १० वर्षीय मनोज बुढाको शव घटनास्थलबाट निकालिएको प्रहरीले जनाएको छ। तीन दिनदेखि घटनास्थलमा खोजीकार्य जारी छ। घटनामा अझै ११ वर्षका सुमन थापा हराइरहेका छन्।

मंगलबार बडिगाड-१० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घर पुरिएको थियो। घटनामा घरधनी बुढासहित उनका परिवारको पनि मृत्यु भएको हो। पहिरोमा गम्भीर घाइतेमध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। 

प्रकाशित: Aug 08, 2024| 18:36 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्