मंगलबार, पुस १, २०८२

बागलुङ पहिरोका मृतकको संख्या ११ पुग्यो

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

National life
Laxmi sunrise bank
kumari

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० आरुपाटामा मंगलबार खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। पहिरोमा बेपत्ता भएका २ बालबालिकाको शव घटनास्थलबाट बिहीबार निकालिएसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

आज मध्याह्न १२ बजेतिर ७ वर्षीय मधु बुढाको शव र अपराह्न पौने ५ बजे १० वर्षीय मनोज बुढाको शव घटनास्थलबाट निकालिएको प्रहरीले जनाएको छ। तीन दिनदेखि घटनास्थलमा खोजीकार्य जारी छ। घटनामा अझै ११ वर्षका सुमन थापा हराइरहेका छन्।

मंगलबार बडिगाड-१० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घर पुरिएको थियो। घटनामा घरधनी बुढासहित उनका परिवारको पनि मृत्यु भएको हो। पहिरोमा गम्भीर घाइतेमध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। 

प्रकाशित: Aug 08, 2024| 18:36 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्