मंगलबार, पुस १, २०८२

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ। ७.१ म्याग्निच्युडको उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।

National life

समुद्री सतह एक मिटरसम्म बढ्न सक्ने चेतावनी दिइएको छ। सुरुमा ६.९ र त्यसपछि ७.१ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। पहिलो भूकम्प ३३ किलोमिटर गहिराइमा ४:४२ बजे क्युशुको मियाजाकीबाट २९ किलोमिटर दक्षिणपूर्वमा गएको थियो।

दोस्रो भूकम्प एक मिनेटभन्दा कम समयमा २६ मिटर गहिराइमा मियाजाकीबाट २० किलोमिटर उत्तरपूर्वमा गएको थियो।

जापानमा धेरै भूकम्प जाने गर्छ। तर पर्याप्त पूर्वतयारीका कारण क्षति कम हुने गरेको छ।

प्रकाशित: Aug 08, 2024| 15:49 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्