बुधबार, पुस २, २०८२

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मर्यादाक्रम तलमाथि गरिएको हो।

National life

नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री प्रकाशमान सिंह छन्। त्यसपछि अर्का उपप्रधानमन्त्री विष्णु पौडेल छन् भने चौथो नम्बरमा मन्त्री पृथ्वीसुब्बा गुरुङ छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ। पौडेल यसअघि मन्त्रिपरिषद्को १४औं वरीयताक्रममा थिए। हेरफेरअनुसार उनको वरीयताक्रम १६औं कायम गरिएको छ।

हाल १४औं वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे छन्। मन्त्री पाण्डे यसअघि १६औं वरीयताक्रममा थिए। मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ। अरू मन्त्रीको वरीयताक्रम यथावत् छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2024| 12:58 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्