बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • 'एयर डाइनेस्टीको हेलिकप्टर भिएफआर नियम उल्लंघन गर्दा दुर्घटना भयो'

'एयर डाइनेस्टीको हेलिकप्टर भिएफआर नियम उल्लंघन गर्दा दुर्घटना भयो'

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारण भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन्।

National life

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उल्लंघन गरेको प्रारम्भिक रूपमा देखिएको बताए।

विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सर्सर्ती हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्मिक रूपमा देखिएको बताए।

उनले भने, 'दुर्घटनाको रुट कज सर्सर्ती हेर्दाखेरी ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ। फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानुनले बर्जित गरेको विषय हो। रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो।'

दुर्घटनास्थलमा बिहीबार बिहान पुग्दा पनि त्यो देखिएको अधिकारीको भनाइ थियो। नेपालमा डाँडाकाँडा भएकाले त्यहाँ अनुमानयोग्य मौसम नभएको उनले बताए।

Laxmi sunrise bank
kumari

काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टीको ९एन-एजेडी कलसाइनको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा वरिष्ठ क्याप्टेन अरुण मल्ल र चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित: Aug 08, 2024| 12:35 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्