काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। आज दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। चार यात्रु र पाइलटको शव घटनास्थलमा भेटिएको छ। मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन।
घटनास्थलतर्फ पर्यटनमन्त्री र नुवकोटका प्रमुख जिल्ला अधिकारी गइरहेका छन्।