बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंबाट उडेको तीन मिनेटमा सम्पर्कविहीन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौंबाट उडेको तीन मिनेटमा सम्पर्कविहीन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटना

 |  बुधबार, साउन २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

काठमाडौंबाट उडेको तीन मिनेटपछि सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन-एजेडी हेलिकप्टर आज दिउँसो दुर्घटनामा परेको हो। हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो र उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा खसेको प्रहरीले बताएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हेलिकप्टरमा कोको सवार थिए यकिन भएको छैन र उनीहरुको अवस्था के छ भन्ने खुलेको छैन। यद्यपि हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध कम्पनीका कर्मचारीले बताएका छन्।

प्रकाशित: Aug 07, 2024| 15:17 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्