बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंबाट उडेको तीन मिनेटमा सम्पर्कविहीन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौंबाट उडेको तीन मिनेटमा सम्पर्कविहीन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटना

 |  बुधबार, साउन २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

vianetvianet

काठमाडौंबाट उडेको तीन मिनेटपछि सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन-एजेडी हेलिकप्टर आज दिउँसो दुर्घटनामा परेको हो। हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो र उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा खसेको प्रहरीले बताएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हेलिकप्टरमा कोको सवार थिए यकिन भएको छैन र उनीहरुको अवस्था के छ भन्ने खुलेको छैन। यद्यपि हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध कम्पनीका कर्मचारीले बताएका छन्।

प्रकाशित: Aug 07, 2024| 15:17 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्