बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बागलुङ पहिरोका घाइतेलाई दुई दिनमा पनि पुर्‍याउन सकिएन अस्पताल

बागलुङ पहिरोका घाइतेलाई दुई दिनमा पनि पुर्‍याउन सकिएन अस्पताल

 |  बुधबार, साउन २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको पहिरोमा परी घाइते भएका स्थानीय बासिन्दालाई अस्पताल पुर्याउन मुस्किल भएको छ।
निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्‍याउन सकिएको छैन। दुई दिनदेखि उनीहरु गाउँमै अलपत्र छन्। 

National life

अविरल वर्षासँगै आएको पहिरोमा परी मंगलबार आठ जनाको मृत्यु भएको थियो भने चार जना हराइरहेका छन्। पहिरोले घर बगाउँदा १० जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए। बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमै प्राथमिक उपचार गरेका छन्। उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारण फर्किएको छ ।

पहिरोमा हराइरहेका चार जनाको खोजी भइरहेको छ। स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी खोजबिनमा जुटेका छन्।

प्रकाशित: Aug 07, 2024| 10:30 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्