बिहीबार, असार १२, २०८२

पहिरोले देशभर १३ वटा सडक अवरुद्ध

 |  बुधबार, साउन २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २३, २०८१

vianetvianet

काठमाडौं- बाढीपहिरोले देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन्। पहिरोले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अन्तर्गतका १३ सडक अवरुद्ध भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ। 

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएका छन्। 

यस्तै, चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला, बागलुङ, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको हो। 

डोल्पा/त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिम/मुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।  
 

प्रकाशित: Aug 07, 2024| 10:20 बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्