बिहीबार, असार १२, २०८२

सीआईबी प्रमुखबाट ज्ञवाली हटाइए, थापालाई जिम्मेवारी

 |  मंगलबार, साउन २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

vianetvianet

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखबाट एआईजी श्याम ज्ञवालीलाई हटाइएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको हो।

ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख थापालाई भने सीआईबी प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ। त्यस्तै, हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्यविभागमा पदस्थापन गरिएको छ।

सीआईबीबाट प्रहरी प्रधान कार्यालय सरुवा गरिएका ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ। पदीय आचरणविपरीत गतिविधि गरेको आरोपमा एआईजी ज्ञवालीमाथि छानबिन गर्न एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन समिति बनाइएको छ।

प्रकाशित: Aug 06, 2024| 20:46 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्