बुधबार, पुस २, २०८२

छाला उद्योगको दुर्गन्धले मानिस बिरामी हुन थालेपछि...

 |  मंगलबार, साउन २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

सुनसरीको दुहबी नगरपालिका–६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछि स्थानीयवासी आन्दोलित बनेका छन्।

National life

यहाँ सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरु उद्योगविरुद्ध आन्दोलित बनेका हुन्। छाला प्रशोधन तथा भण्डारण उपयुक्त नभएकाले ती उद्योगबाट वरिपरिका बस्तीमा दुर्गन्ध फैलिने गरेको स्थानीय कुन्दन पासवानले बताए। उनले भने, “उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल नजिकै रहेको बूढी खोलामा मिसाउने गरेको छभने राँगा तथा भैंसीको छाला उद्योग कम्पाउन्डमै खुल्ला सुकाउँदा दुर्गन्ध फैलिने गरेको छ।”

उद्योगबाट निस्कने दुर्गन्धले घरमा पाहुना आउन नमान्ने अर्का स्थानीय मोहम्मद सलमानले बताए। प्रदूषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले सम्बन्धित निकायहरुमा उजुरी दिएका छन्। दुहबी नगरपालिकाको न्यायिक समितिमा स्थानीयले दिएको उजुरीपछि उपप्रमुख सहितको टोलीले आज उद्योगको अनुगमन गरेको नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताइन्। अनुगमनका क्रममा दुर्गन्धित रूपमा सञ्चालित उद्योग मापदण्ड विपरीत पाइएको उनले जानकारी दिइन् ।

उनले भनिन्, “उद्योग लापरबाही किसिमले सञ्चालनमा रहेछ। दुर्गन्ध फैलिएर स्थानीय आजित बनेकाले कारबाही गर्नुको विकल्प छैन।” उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्ने उनको भनाइ छ। अनुगमनका क्रममा उद्योग सञ्चालकलाई भेट्न नसकिएको र अहिलेसम्म सम्पर्कमा नआएको उनले बताइन्।

उद्योगको कागजपत्र समेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेकाले सञ्चालकलाई कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले बताइन्। २० वर्षदेखि सञ्चालनमा रहेका ती उद्योग बीचमा बन्द हुँदै फेरि सञ्चालनमा ल्याउने गरेको सुनसरी दुहबी–६ का वडाअध्यक्ष घनश्याम हलुवाईले बताए। विगतमा पनि मापदण्डविपरीत सञ्चालन गरेकाले ती उद्योगलाई जरिवाना गरिएको थियो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 06, 2024| 14:34 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्