शनिबार, जेठ १६, २०८३

बीपी राजमार्ग अवरुद्ध, खोलाले बगाएर महिलाको मृत्यु

 |  मंगलबार, साउन २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण मंगलबार बिहान ११:१५ बजेदेखि रोशीस्थित बीपी राजमार्गअन्तर्गत माम्ती सडक खण्ड अवरुद्ध भएको छ। रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

National life

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौं यातायातका साधन रोकिएका छन्। ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको छ।

राजमार्गको अन्य स्थानमा स–साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छ्याउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको छ।

यता धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर मंगलबार एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासलाई श्रीखण्डपुरस्थित खोलाले बगाउँदा करिब तीन सय मिटर तल बिहान  मृत अवस्थामा फेला पारिएको हो।

 

Shivam cement

प्रकाशित: Aug 06, 2024| 14:13 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्