बुधबार, असार ११, २०८२

ढाकाका प्रहरी चौकीमा तोडफोड र लुटपाट

 |  मंगलबार, साउन २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

vianetvianet

बंगलादेशको राजधानी ढाकाका अधिकांश प्रहरी चौकीमा आन्दोलनकारीले तोडफोड र लुटपाट गरेका छन्। ढकाका धेरै प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट भएको बीबीसीले जनाएको छ। 

आक्रोशित भीडले धेरै ठाउँमा प्रहरीसँग झडप गरेका थिए। कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका छन्। कतिपय प्रहरी चौकीमा आगजनी गरिएको छ। 

प्रहरी चौकीबाट पंखा, कुर्सी, टेबुललगायत सबै सामान लुटिएको समाचारमा उल्लेख छ। सुरक्षा संकटका कारण प्रहरीहरू चौकी छाडेर सुरक्षित स्थानमा गएका छन्। 

चौकीअगाडि पार्किङ गरिएका सवारीसाधन, प्रहरी चौकीभित्र राखिएका मोटरसाइकल र सामान लुटपाट भएको बताइएको छ।
 

प्रकाशित: Aug 06, 2024| 13:12 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्