बिहीबार, भदौ ४, २०८३

धान खेतमा एक जनाको शव फेला

 |  मंगलबार, साउन २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

सप्तरीको धान खेतमा एक जनाको शव फेला परेको छ।

छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक राजविराज–कुनौली सडक छेउको धान खेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहान ७:४५ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार उनी स्थानीय निरज भट्टामा मुन्सीको रुपमा कार्यरत थिए। इँट्टाभट्टा बन्द रहेकाले तीन, चारजना कामदार मात्र त्यसमा बस्दै आएका छन्।

घटनास्थलभन्दा सय मिटर पर उनले काम गर्ने इँट्टाभट्टा रहेको छ। घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि सगरमाथा गजेन्द्रनारायाण हस्पिटलमा लगिएको छ। घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
 

प्रकाशित: Aug 06, 2024| 13:11 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्