बिहीबार, पुस ३, २०८२

हेमबहादुर मल्ल सम्मान भेषबहादुर थापालाई प्रदान गरिने

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- नेपाल जनप्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ ।

National life

सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका अध्यक्ष एव कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जनप्रशासन संघले २०७९ सालमा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो । सम्मानपत्रसहित नगद २ लाख प्रदान गरिने संघले जनाएको छ ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको व्यक्ति हुन् थापा । संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धि गर्न गरेको योगदानको कदरस्वरूप थापालाई उक्त सम्मान प्रदान गर्न लागिएको संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यो सम्मान साउन २३ गते एक कार्यक्रमबीच प्रदान गरिनेछ ।

सम्मानित व्यक्तित्व छनोट गर्न पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दू विष्ट र पूर्वसचिव शिशिरकुमार ढुंगाना सदस्य रहेका थिए ।

यसअघि हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व. अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् । डा. थापा यो सम्मानबाट सम्मानित हुने २०औं व्यक्ति हुन् ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 05, 2024| 17:31 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्