बिहीबार, पुस ३, २०८२

देश छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री कहाँ पुगिन् ?

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन्।

National life

उनी भारतको त्रिपुरा राज्य पुगेकी बताइएको छ। आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन्। प्रधानमन्त्री निवास गणभवन पुगेका प्रदर्शनकारीले विजयी भावमा उत्सव मनाइरहेका छन्। बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ। उनीहरुले त्यहाँ लुटपाटसमेत गरेको भिडियो आएको छ।

बंगलादेशमा केही समय मत्थर बनेको सरकारविरोधी आन्दोलन आइतबारदेखि पुन: चर्किएको थियो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो। 'विभेदविरोधी विद्यार्थी आन्दोलन' को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ। राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएका थिए।

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडेलगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्।

Laxmi sunrise bank
kumari

‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं। हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्,' उनले भनेका छन्।

उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका ढाका ट्रिब्युनले जनाएको छ।

प्रकाशित: Aug 05, 2024| 16:42 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्