बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बंगलादेशी प्रधानमन्त्रीको निवासमा घुसे आन्दोलनकारी, मच्चियो लुटपाट

बंगलादेशी प्रधानमन्त्रीको निवासमा घुसे आन्दोलनकारी, मच्चियो लुटपाट

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

vianetvianet

सरकार विरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन्। प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज बाहिर आएको छ।

राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य देखिएको बीबीसीले उल्लेख गरेको छ। केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको जस्तो देखिन्छ।

विद्यार्थीको आन्दोलनले तनाव बढेपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले आजमात्रै राजीनामा दिएकी छन्। राजीनामा दिँदै प्रधानमन्त्री हसिनाले बंगलादेश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिना निजी विमानमार्फत भारत उडेको बताइएको छ।

प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका समाचारहरुमा उल्लेख छ। यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयी भावमा उत्सव मनाएका छन्। बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ।

प्रकाशित: Aug 05, 2024| 16:19 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्