बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बंगलादेशमा सैनिक कू, सेना प्रमुखले भने- सबै दलको सहभागितामा सरकार बन्छ

बंगलादेशमा सैनिक कू, सेना प्रमुखले भने- सबै दलको सहभागितामा सरकार बन्छ

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडेलगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्।

‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं। हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्,' उनले भनेका छन्।

उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका ढाका ट्रिब्युनले जनाएको छ।

विद्यार्थीको आन्दोलनले तनाव बढेपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएकी हुन्। राजीनामा दिँदै प्रधानमन्त्री हसिनाले बंगलादेश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिना निजी विमानमार्फत भारत उडेको बताइएको छ।

प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका समाचारहरुमा उल्लेख छ। यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयी भावमा उत्सव मनाएका छन्। बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको ट।

आइतबारदेखि बंगलादेशमा पुनः आन्दोलन चर्किएको थियो। आन्दोलन हिंस्रक बनेपछि आइतबारमात्रै झन्डै सय जनाको मृत्यु भएको थियो। आज पनि कम्तीमा ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Aug 05, 2024| 16:15 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्