बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेशी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडिन्

विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेशी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडिन्

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- विद्यार्थीको आन्दोलनले तनाव बढेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्।

National life

राजीनामा दिँदै प्रधानमन्त्री हसिनाले बंगलादेश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिना निजी विमानमार्फत भारत उडेको बताइएको छ।

प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका समाचारहरुमा उल्लेख छ। यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयी भावमा उत्सव मनाएका छन्। बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको ट।

आइतबारदेखि बंगलादेशमा पुनः आन्दोलन चर्किएको थियो। आन्दोलन हिंस्रक बनेपछि आइतबारमात्रै झन्डै सय जनाको मृत्यु भएको थियो। आज पनि कम्तीमा ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Aug 05, 2024| 16:08 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्