शनिबार, जेठ १६, २०८३

गुडिरहेको माइक्रोमा पहिरो खस्दा ७ जना घाइते

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१
National life
Shivam cement

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा ७ जना घाइते भएका छन्। गुडिरहेको माइक्रोबसमा सुख्खा पहिरो खस्दा यात्रु घाइते भएका हुन्।

पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेको छ। काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन्।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो। पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।

प्रकाशित: Aug 05, 2024| 10:20 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्