शुक्रबार, पुस ४, २०८२

दुई लेनभन्दा साना सडक नबनाउन प्रधानमन्त्री ओलीको निर्देशन

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिएका छन्।

सडक विभागले आयोजना आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता भएको बताए। रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशतमात्र काम भएको भन्दै उनले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न सबैलाई निर्देशन दिए।

‘नयाँ बाटाहरु थाल्ने काम नगरौं। अहिले चालु रहेका आयोजनाहरु सकौं, छिटो सकौं । जे निर्माण गर्छौ स्तरीय गरौं,’ प्रधानमन्त्रीले भने। उनले दुई लेन भन्दा साना सडक नबनाउन समेत निर्देशन दिएका छन्। ‘डबल लेनभन्दा सानो बाटो बनाउँदै नबनाऊँ’,  उनले भने, ‘जसोतसो बाटो बनाउने होइन, बाटो र मान्छे दुबैको सुरक्षाको प्रबन्धसहित सडक बनाउनुपर्छ ।’
 

प्रकाशित: Aug 04, 2024| 19:35 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्