शुक्रबार, पुस ४, २०८२

कालोपुलमा युवक मृत भेटिए, श्रीमती र अर्का एक युवक पक्राउ

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

काठमाडौंको कालोपुलमा एक युवक मृत भेटिएका छन्। कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत मृत भेटिएका हुन्।

National life

प्रहरीका अनुसार उनको स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका–९ रहेको छ। महतको हत्या भएको हुन सक्ने आशंकमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा महतको हत्या भएको खुलेको छ। धारिलो हतियार प्रहार गरी हत्या गरेर झुण्ड्याएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

आज बिहान सवा १० बजेतिर महतको शव भेटिएको थियो। दम्पती १ महिनादेखि उक्त कोठा बस्दै आएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 04, 2024| 18:43 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्