शुक्रबार, पुस ४, २०८२

प्युठान-रोल्पाको दुःख : गर्जेनी

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

प्युठान- माण्डवी गाउँपालिका-१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ। प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ।

National life

दाङ देउखुरीको भालुवाङ-प्युठानको खलंगा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो। प्युठानी र रोल्पालीका दैनिक जीवनसँग जोडिएको यो सडक पटकपटक अवरुद्ध हुँदा उनीहरूको दैनिकी प्रभावित भएको छ।

दाङ हुँदै बुटवल, काठमाडौं, भैरहवा, भरतपुर, नेपालगञ्जलगायत स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्री अलपत्र पर्ने गरेका छन्। प्रत्येक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा बर्सेनि सास्ती खेप्नुपरेको रोल्पा सुनिल स्मृति गाउँपालिका-२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गरे।

भालुवाङ-चकचके खण्डमा पर्ने गर्जेनी, खहरे खोलालगायत स्थानमा निरन्तर पहिरो खस्दा समस्या भएको छ। भालुवाङ-प्युठान सडकअन्तर्गत बडडाँडा-चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचनाअनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ। एकैपटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ। हिजो शनिबार मात्र गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायत सञ्चालन गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्युठान नगरपालिका-७ का टीकाराम पोखरेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने बाध्यता सुनाए। सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न ६ लाख रूपैयाँ खर्च भइसकेको छ।

'सोइलमेलिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिन्छ', इन्जिनियर पुनले भने, 'त्यसका पाँच करोड ५० लाख रूपैयाँ लाग्ने देखिन्छ, विभागबाट रकम प्राप्त भएको छैन।' कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने उनको ठम्याइ छ। रासस

प्रकाशित: Aug 04, 2024| 18:01 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्