शुक्रबार, पुस ४, २०८२

कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

ताप्लेजुङ- जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन्।

National life

जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ।

कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन्भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन्।

विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ साना–ठूला नौवटा घर छन्।

प्रकाशित: Aug 04, 2024| 20:01 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्