बिहीबार, असार १२, २०८२

मन्दिर परिसरको पर्खाल भत्किँदा ९ बालबालिकाको मृत्यु

 |  आइतबार, साउन २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

vianetvianet

भारत मध्य प्रदेश सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको जर्जर भवनको एकापट्टिको पर्खाल भत्किएर किचिँदा नौ जना बालबालिकाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण पर्खाल भत्किएर सो यो दुर्घटना भएको हो।

घटना आज बिहान साढे आठ बजे भएको बताइएको छ। घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोलीले घटनास्थलमा पुगेर सर्वसाधारणको सहयोगमा भग्नावशेष हटाएका थिए।

घटनाको समयमा ती बालबालिका मन्दिर परिसरमा रहेको टेन्टमा खेलिरहेका थिए। दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी बालबालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जालमा ट्विट गर्दै यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारलाई चार-चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रकाशित: Aug 04, 2024| 14:23 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्