मंगलबार, भदौ २४, २०८२

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

 |  शनिबार, साउन १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १९, २०८१

vianetvianet
Kumaribank
Metro Mart

इनरुवा- सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ। 

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए। 

ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 03, 2024| 15:07 शनिबार, साउन १९, २०८१
प्रतिक्रिया दिनुहोस्