शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१
National life
Shivam cement

भक्तपुर- मध्यपुरथिमि नगरपालिका‐३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आज आगलागी हुँदा रु दुई करोड ६० लाख बराबरको क्षति भएको छ।

नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवं फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

आगो भक्तपुर, काठमाडौं र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि निभाइएको थियो। 

प्रकाशित: Aug 02, 2024| 21:01 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्