शनिबार, जेठ १६, २०८३

तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१
National life
Shivam cement

ढोरपाटन- तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ। मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो। 

मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए। 

पहिराले सडकको छेउ भाग पूर्णरुपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताए। यस क्षेत्रमा ठूलो वर्षा भएसँगै करिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद हुँदै आएको छ। 

प्रकाशित: Aug 02, 2024| 20:31 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्