मंगलबार, भदौ २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मान्छेलाई आक्रमण गरेको बाघलाई हात्तीसहित टोली परिचालन गरी नियन्त्रणमा लिइयो

मान्छेलाई आक्रमण गरेको बाघलाई हात्तीसहित टोली परिचालन गरी नियन्त्रणमा लिइयो

 |  शुक्रबार, साउन १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१

vianetvianet

कञ्चनपुर- कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ। दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो। 

Kumaribank

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो।

बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी-२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो। उनको घट्नास्थलमै मृत्यु भएको थियो। 

बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। 'बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ', उनले भने।

बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए। बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताए। रासस 

Metro Mart

प्रकाशित: Aug 02, 2024| 18:31 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्