शनिबार, जेठ १६, २०८३

प्यूठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१

रूपन्देही- प्यूठानमा एकै परिवारका तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।

National life

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए।

तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने। गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो।

उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ। वर्षाको समयमा पानीको खराबीले यस्तो समस्या आउने बताउँदै स्वास्थ्यकर्मीले यसबाट सजकता अपनाउन अनुरोध गरेका छन्।

Shivam cement

प्रकाशित: Aug 02, 2024| 17:31 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्