शनिबार, जेठ १६, २०८३

अरिंगालले टोकेर गुल्मीमा एक युवकको मृत्यु

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१
National life
Shivam cement

गुल्मी- गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो। 

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। 

प्रकाशित: Aug 02, 2024| 15:09 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्