मंगलबार, भदौ २४, २०८२

झापाको हल्दिबारीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

 |  शुक्रबार, साउन १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१

vianetvianet
Kumaribank
Metro Mart

भद्रपुर- स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।
 
जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। 

पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।

प्रकाशित: Aug 02, 2024| 11:52 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्