मंगलबार, पुस ८, २०८२

शास्त्रीय संगीतका ज्ञाता गुरुदेव कामतको निधन

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

काठमाडौं- नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ। 

National life

केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए।

दुई साताअघि जन्मथलो फर्किएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका थिए। गुरुदेव निकट मानिने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छाडेका थिए।

उनले भने, “गुरुदेवले तीन दिनदेखि केही खान सक्नुभएको थिएन । उहाँलाई चम्चामार्फत केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समयअघि काठमाडौँ छाडेर उहाँ जन्मथलो फर्किनुभएको थियो । जहाँ उहाँको जन्म भयो, त्यहीँ अन्त्य भयो ।” 

साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरुदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहेका थिए। दिवङ्गत कामतका श्रीमती, तीन छोरा र एक छोरी छन्।

Laxmi sunrise bank
kumari

उनको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिए । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन्।

प्रकाशित: Aug 01, 2024| 13:36 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्