बिहीबार, भदौ ४, २०८३

काभ्रेको जंगलमा युवकको कंकाल फेला

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

काभ्रेको जंगलमा मानव कंकाल फेला परेको छ। बुधबार साँझ पाँचखाल नगरपालिका-६ तिनपिप्लेस्थित सामुदायिक वनमा मानव कंकाल भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त कंकाल स्थानीय २१ वर्षीय विजय श्रेष्ठको रहेको खुलेको छ। उनी असार १८ गतेदेखि हराइरहेका थिए। 

बुधबार जंगल गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। कंकालनजिक फेला परेको चप्पलका आधारमा विजयका बाबुले शव पहिचान गरेका हुन्। घटनाबारे काभ्रे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Aug 01, 2024| 12:28 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्