मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बलात्कार मुद्दामा १२ वर्ष जेल सजाय सुनाइएका अहमद अढाई वर्षमै फरार

बलात्कार मुद्दामा १२ वर्ष जेल सजाय सुनाइएका अहमद अढाई वर्षमै फरार

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

विराटनगरमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएका छन्।

National life

स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङ जिल्ला कारागारबाट उपचारका निम्ति मोहम्मदलाई अस्पताल लगिएको थियो। पेटमा समस्या देखिएपछि गएको मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

शौचालय जान निस्किएका उनी सुरक्षामा खटिएका प्रहरीलाई हातले ठेलेर ढलाई भागेका थिए। उनी  भारत सीमातर्फ जाने सक्ने भएकाले जोगबनीलगायत नाकामा निगरानी बढाइएको मोरङ प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–८ का स्थायी बासिन्दा मोहम्मद जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। २०७९ फागुन २९ गते जिल्ला अदालत मोरङले उनलाई १२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 01, 2024| 12:25 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्