मंगलबार, पुस ८, २०८२

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

तुलसीपुर- दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। 

National life

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर–४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो। 

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो। तेजबहादुर भाइ ६४ वर्षीय भाइ चेतबहादुरसँग गएका फर्किने क्रममा खोलाले दुवै दाजुभाइलाई बगाएको थियो।

भाइ चेतबहादुर पौडी खेलेर निस्केका थिए भने दाजु तेजबहादुरलाई एक किलोमिटर तलबाट मृतावस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ।  

प्रकाशित: Jul 31, 2024| 21:13 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्