सोमबार, असार १, २०८३

नदी किनार खाली गराउने मेयर बालेनको उद्‍घोष

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाउने भएको छ। बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा महानगरका मेयर बालेन शाहले तटीय क्षेत्रको थप २० मिटरमा पनि सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका छन्।

National life

‘नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला। अन्यथा, पछि धोका पाउनु हुनेछ,’ उनले लेखेका छन्, ‘यस पृथ्वीका नदी तथा खोलाहरूको पनि अधिकार छ। प्रकृतिले पनि विद्रोह गर्न सक्छ। त्यसैले नदी तथा खोलाहरूको अधिकारको संरक्षण गरौं।’

काठमाडौं उपत्यकाभित्र बग्ने बागती, विष्णुमति, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर भित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मीटर भित्रको जग्गालाई २०६५ मंसिर १ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्माण निषेधित क्षेत्र घोषणा गरेको थियो। 

 

Shivam cement

प्रकाशित: Jul 31, 2024| 20:39 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्