सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कर्णालीमा विपद्ः डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति, ९ जनाको मृत्यु

कर्णालीमा विपद्ः डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति, ९ जनाको मृत्यु

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

सुर्खेत- कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोडभन्दा बढीको क्षति भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ बाराबरको क्षति भएको हो। सबैभन्दा धेरै दैलेखमा ७० लाखको क्षति भएको तथ्यांक छ। यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

National life

सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ। यस्तै जाजरकोटमा ३३ वटा घटना हुँदा रु ३० लाख, सल्यानमा २४ वटा विपद्जन्य घटनामा रु ५१ लाख ३० हजार, रुकुम पश्चिममा ४७ मनसुनजन्य घटनाबाट रु १६ लाख ९९ हजारको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए। 

कालिकोटमा एक सय दुई मनसुनजन्य घटनामा १८ लाख ५० हजार, जुम्लामा चार घटनामा ४० लाख, डोल्पामा १६ वटामा रु १९ लाख ५० हजारको क्षति भएको तथा हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभए पनि यहाँ हालसम्म ३३ वटा मनसुनजन्य घटना भएका उनले जानकारी दिए।  

विपद्का घटनामा नौ जनाको मृत्यु 
सोही अवधिमा कर्णालीमा मनसुनजन्य विपद्का घटनामा परी नौको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। जसमध्ये सुर्खेतमा दुई, दैलेखमा एक, जाजरकोटमा दुई, रुकुम–पश्चिममा चारको मृत्यु भएको हो। रुकुम–पश्चिका एक जना अझै बेपत्ता रहेको प्रवक्ता ओलीले बताउनुभयो। 

यसैबीच ४६ जना घाइते भएका छन्। घाइते हुनेमा जाजरकोटका २२, रुकुम पश्चिमका ११, कालिकोटका सात, दैलेखका चार, सुर्खेत र डोल्पाका एक/एक जना रहेका छन्। 

Laxmi sunrise bank
kumari

यसैगरी विपद्बाट कर्णाली प्रदेशभर ४५ परिवारका दुई सय पाँच जना विस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। 

बाढीपहिराबाट डेढ महिनाको अवधिमा प्रदेशमा एक सय छ पशुचौपाया मरेका छन् भने ४५ वटा घाइते भएका छन्। ७५ वटा बेपत्ता छन्। 

यहाँ बाढीपहिराले ७० घरमा पूर्ण र ५४ घरमा आशिंक क्षति पुगेको तथ्यांक छ। यस्तै २७ साना उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई विद्यालय पूर्ण तथा दुई विद्यालयमा आंशिक क्षति पुगेको छ। चार वटा सरकारी कार्यालयमा बाढीपहिराले क्षति पुग्दा दुई वटा संघसंस्थाका भौतिक संरचनामा क्षति पुगेको छ।
रासस

प्रकाशित: Jul 31, 2024| 19:58 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्