शनिबार, जेठ १६, २०८३

नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार ८१५ धारा जडान

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

बागलुङ- नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ। दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो।

National life

खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो।

नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्र गतिमा अघि बढाएको छ। नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन्।

आर्थिक वर्ष २०७९/०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो।

तीस वटा आयोजना सम्पन्न गर्न नेवाले छ करोड २० लाख पाँच हजार सात सय २५ रूपैयाँ, पालिकाहरुको एक करोड ६४ लाख ९५ हजार नौ सय १४ रूपैयाँ, उपभोक्ताबाट ३४ लाख ८३ हजार पाँच सय १२ रूपैयाँ र दुई करोड पाँच लाख १२ हजार तीन सय १२ रूपैयाँ बराबरको श्रमदान भएको थियो। रासस

Shivam cement

प्रकाशित: Jul 31, 2024| 21:41 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्