शनिबार, जेठ १६, २०८३

पर्सामा २३२ साना तथा घरेलु उद्योग खारेज

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

वीरगञ्ज- गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन्।

National life

आर्थिक संकटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन्।

घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भने, 'आर्थिक मन्दीका कारण थला परेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ। अर्काेतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौँदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन्।'

उनले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्ने उद्यमीलाई सहज रुपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताए। 'अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ। जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्', उनले भने, 'राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ।'

पर्सा जिल्लामा आव २०७९/८० मा भने एक सय ७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए। रासस

Shivam cement

प्रकाशित: Jul 31, 2024| 19:31 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्