मंगलबार, भदौ २४, २०८२

विदेशी पर्यटक गड्डाचौकी हुँदै सहजै भारत जान पाउने

 |  बुधबार, साउन १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

vianetvianet

कञ्चनपुर- पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ।

Kumaribank

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान(डिपार्चर) खुला गरेको छ। १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन(इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो।

कोराना महामारीका बेला नेपालका केही सीमा नाकामात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो। गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो।

केन्द्रबाटै केही सीमा नाकामात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निर्णयअनुसार त्यस बेलादेखि रोकिएको उनको भनाइ छ। विदेशी पर्यटकका लागि सीमा नाका खुला गरिएकाले पर्यटकलाई पठाउनका लागि भारतीय अध्यागमन कार्यालयले जानकारी दिएको कार्यालय प्रमुख भट्टले बताए।

'भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमा नाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या तीन वर्षदेखि ठप्प रहेको थियो', कार्यालय प्रमुख भट्टले भने, 'सीमा नाका भारतले खुला गरेपछि पर्यटकीय गतिविधिमा वृद्धि हुने अपेक्षा गरेका छौँ।'

Metro Mart

भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि भने सीमा नाका खुला रहेको थियो। भारतीय अध्यागमन कार्यालयबाट विदेशी पर्यटकलाई प्रवेश दिएसँगै पर्यटकलाई प्रस्थान अनुमति दिन सुरु गरिएको छ। रासस

प्रकाशित: Jul 31, 2024| 18:01 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्