सोमबार, मंसिर २९, २०८२

नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटियो

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

काठमाडौं- काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ।

National life

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 31, 2024| 14:36 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्