मंगलबार, माघ ६, २०८२

दिउँसो घाम चर्किने, राति पानी दर्किने

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

काठमाडौं- दुई-तीन दिनयता दिउँसो चर्को घाम लाग्ने अनि रातभरि पानी पर्ने भइरहेको छ। गएरातिको वर्षाले त काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा वितण्डा नै मच्चाएको छ।

National life

गए राति देशभर वर्षा भएको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मधेस, बागमती र  गण्डकी प्रदेशका  केही स्थानहरूमा भारीदेखि धेरै भारी  वर्षा  मापन गरिएको विभागले बताएको छ।

हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी  प्रदेशका केही भेगमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

Laxmi sunrise bank
kumari

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि  सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ।

आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।

 

 

प्रकाशित: Jul 31, 2024| 14:05 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्