मंगलबार, भदौ २४, २०८२

हमासका शीर्ष नेता इस्माइल हनियाको इरानमा हत्या

 |  बुधबार, साउन १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

vianetvianet

प्यालेस्टिनी विद्रोही समूह हमासका शीर्ष नेता इस्माइल हनिया इरानमा मारिएका छ्न्। बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित उनको निवासमा इजरायली आक्रमणमा हनिया मारिएको बताएको छ। 

Kumaribank

इरानको एलिट रिभोलुसनरी गार्डसले पनि उनी मारिएको पुष्टि गरेको छ।  बीबिसीका अनुसार हनियासँगै उनका सुरक्षाकर्मी पनि मारिएका छन्।

समूहका अनुसार मंगलबार सपथ ग्रहण गरेका नयाँ इरानी राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा भाग लिएपछि हानियाको हत्या भएको हो। उनी कतारमा बस्दै आएका थिए।

इस्माइल हनिया हमासको राजनीतिक ब्यूरो प्रमुख थिए। उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए।

इजरायलले हनियालाई सन् १९८९ मा तीन वर्ष जेलमा राखेको थियो। त्यसपछि उनलाई हमासका अन्य नेतासँगै मार्ज-अल-जुहुर निर्वासित गरिएको थियो। यो ठाउँमा इजराइल र लेबनानको सीमा क्षेत्र हो। एक वर्ष निर्वासित जीवन बिताएपछि उनी गाजा फर्केका थिए।

Metro Mart

हनिया २०१७ मेमा हमासको पोलिटिकल ब्यूरो प्रमुख चुनिएका थिए। अमेरिकी विदेश विभागले २०१८ मा हनियालाई आतंकवादी घोषित गरेको थियो।

उनको हत्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। इरानले उनको हत्या कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक पनि गरिसकेको छैन। 

हनियाको हत्या इजरायलले गराएको दाबी गरे पनि इजरायलले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायलले हमासका सम्पूर्ण नेता र लडाकुहरूलाई मार्ने वाचा गरेको थियो। 

त्यतिबेला हमासको आक्रमणमा नेपालका दस जनासहित १ हजार २ सय जनाको मृत्यु भएको थियो भने विपिन जोशीसहित २४० जनालाई बन्धक बनाएर गाजा पुर्‍याएको थियो। 

त्यसयता इजरायलले गजामा लगातार आक्रमण गर्दै आइरहेको छ। इजरायलको आक्रमणमा परी हालसम्म ३९ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १ लाख मानिसहरू घाइते छन्। 

 

 

प्रकाशित: Jul 31, 2024| 09:33 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्