बिहीबार, चैत २६, २०८२

महोत्तरी र धनुषामा प्रभावकारी बन्दै भूमिगत सिँचाइ

 |  मंगलबार, साउन १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

जनकपुरधाम- कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ।

National life

नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको तथा आकाशे पानीमाथि निर्भर रहेका किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरी गौशालाका स्थानीय किसान रामलाल महतोले बताए। उनले यसबाट खेतीका लागि मात्रै नभइ खानपिनका साथै दैनिक जीवनमा समेत प्रयोग भइरहेको उल्लेख गरे।

मधेस प्रदेश सरकारको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर, महोतरीद्वारा धनुषा तथा महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा पुर्‍याइएको हो।

एउटा डिपट्युवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ। महोत्तरी तथा धनुषामा हालसम्म ३५ वटा डिपट्युवेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ। एउटा डिपट्युवेलको संरचना निमार्णदेखि  सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ। 

गत आर्थिक वर्षमा थप पाँचवटा डिपट्युवेलको निर्माण प्रक्रिया सुरु भएको छ। एउटा निर्माणमा ३० लाख रूपैयाँसम्म खर्च भएको तथा चालु आर्थिक वर्षमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ। अहिले पाँचवटाको निर्माणमा एक करोड ५० लाख रूपैयाँ खर्च भइसकेको छ।

kumari

त्यसैगरी, महोत्तरी तथा धनुषामा हालसम्म ५० वटा पावरड्रिल निर्माण भइ सञ्चालनमा रहेको सो कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमलेश यादवले जानकारी दिए।

एउटा पावरड्रिलबाट नौ बिघा जमिन सिञ्चित हुने गरेको छ। एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा १६ लाख लाग्ने गरेको छ। अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा एक करोड २९ लाख ६० हजार रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। 

दुवै जिल्लामा डिपट्युवेल तथा पावरड्रिलबाट १८ सय ५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालयप्रमुख नयन पोखरेलले बताए। डिपट्युवेल निर्माणमा उपभोक्ता समितिमार्फत हुने गरेको छ। रासस

प्रकाशित: Jul 30, 2024| 21:31 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्