बिहीबार, चैत २६, २०८२

सुनसरीमा आर्थिक मन्दीका कारण बन्द भए २०४ उद्योग

 |  मंगलबार, साउन १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

सुनसरी- सुनसरीमा २०८०/८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी २०४ उद्योग खारेजीमा परेका छन्।

National life

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन्। 

उनले भने, ‘आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको छ।’

उनका अनुसार गत आवमा सुनसरीमा ५६६ नयाँ उद्योग थपिएका छन्। नयाँ उद्योग थपिँदा कार्यालयले १८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

कार्यालयले उद्योगतर्फ एक करोड एक लाख ७४ हजार २६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार ५४० र बिक्री आयबाट ७० हजार गरी कुल दुई करोड १५ लाख एक हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए।

kumari

गत आवमा सनुसरीका १२४ साना तथा मझौला उद्योगले पुँजी वृद्धि गरेका छन्। ती उद्योग तथा व्यवसायले ४४ करोड ५३ लाख १३ हजार पुँजी वृद्धि गरेका हुन्। गत आवमा घरेलु कार्यालय सुनसरीले दुई करोड १५ लाख एक हजार ८०० राजस्व संकलन गरेको कार्यालयले जनाएको छ।

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको संख्या कम देखिएको छ। गत आव २०८०/८१ मा एक हजार ३५२ उद्योगले मात्रै नवीकरण गरेका छन्। उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले ६७ लाख आठ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन्। रासस

प्रकाशित: Jul 30, 2024| 20:08 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्