आइतबार, मंसिर २८, २०८२

प्रधानमन्त्री ओलीले खुलाए राजीनामा दिने मिति

 |  मंगलबार, साउन १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्थायित्वमा शंका नगर्न भन्दै आफूले सहमतिबमोजिम दुई वर्ष पुग्न एक साताअघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

National life

अहिलेको सरकारलाई असफल हुने छुट नै नभएको उनले बताए। आज सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरूलाई बोलाएर मुलुककको गम्भीर परिस्थितिबीच पहिलो र दोस्रो ठूलो दलसहितको सरकार बनेको भन्दै उनले जनतामा छाएको निराशा चिर्ने गरी काम गर्न भनेका हुन्।

उनले भने, 'यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ। त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन। स्थिरतासहित नै सन्देश दिनु छ। त्यसैले म प्रधानमन्त्री भएको दुई वर्ष पुग्न एक साताअघि राजीनामा दिन्छु। सरकारको नेतृत्व हस्तान्तरण गर्छु।’

उनले सफलताको संकेत यही आर्थिक वर्षमा देखिनुपर्ने पनि बताएका छन्। ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर सफल हुँदैन। भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन। हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ,’ उनले भने।

ओलीले सरकार केही ढलपल नहुने भन्दै कर्मचारीलाई ढुक्कले काम गर्न पनि निर्देशन दिए। छलफलमा मन्त्रीहरू र केही विशिष्ट अधिकारीहरू पनि सहभागी थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 30, 2024| 14:54 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्