आइतबार, मंसिर २८, २०८२

केरलको पहिरोमा एक नेपाली पनि परे, मृतकको संख्या ३६ पुग्यो

 |  मंगलबार, साउन १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ।

National life

मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएका छन्। थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक बालकको मृत्यु भएको हो।

केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। 

प्रकाशित: Jul 30, 2024| 12:02 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्