मंगलबार, असार १०, २०८२

बुबाको किरिया बसेका छोराको मृत्यु

 |  मंगलबार, साउन १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

vianetvianet

झापामा दिवंगत बुबाको १३ दिने किरियामा बसेका एक व्यक्तिको निधन भएको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो।

घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो।

सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो। गणेश बुबाको आठौँ दिनको काम गर्दै थिए।

प्रकाशित: Jul 30, 2024| 11:57 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्