आइतबार, चैत २९, २०८२

नेविसंघसहित कांग्रेसका १० भ्रातृ संस्थाको म्याद थप

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- नेपाली कांग्रेसले नियमित महाधिवेशन गर्न नसकेर विधानविपरीत चलिरहेका १० वटा भ्रातृ संस्थाको म्याद थप गरेको छ।

National life

बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघसहित १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको हो।

बैठकले ती भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक-फरक निर्देशक समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिने निर्णय गरेको छ।

प्रकाशित: Jul 03, 2024| 15:48 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्