सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसद्वारा एमालेसँगको सहमति अनुमोदन, मार्गप्रशस्त गर्न प्रचण्डलाई आग्रह

कांग्रेसद्वारा एमालेसँगको सहमति अनुमोदन, मार्गप्रशस्त गर्न प्रचण्डलाई आग्रह

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ।

National life

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए। त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए।

कांग्रेसले मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह पनि गरेको छ। यसअघि हिजो बसेको एमाले सचिवालय बैठकले पनि राजीनामा दिन प्रचण्डलाई आग्रह गरेको थियो।

सोमबार मध्य राति दुई दलबीच सत्ता सहकार्यको सहमति बनेको थियो। सात बुँदामा भएको भनिएको सहमति अहिलेसम्म सार्वजनिक गरिएको छैन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 03, 2024| 11:47 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्